अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली चाड तिहारलाई मुख्य पर्वको मान्यता

अमेरिका । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ।
गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक घोषणा गरेको हो ।
गीलफर्ड काउन्टी अफ कमिसनर (आयुक्त) ब्रान्डन ग्रेका अनुसार दसैँ र तिहारमा नेपालीहरूलाई बिदा दिनको लागि माग भए बमोजिम आयुक्तहरूको बैठकमा छलफल पनि भएको तर सार्वजनिक बिदाका दिनको लागि काउन्टीले निर्णय गर्न नसक्ने हुँदा सो सम्बन्धी निर्णय गर्न नर्थ क्यारोलाइनाको राज्य संसदमा पठाउने पनि निर्णय भएको बताए ।
घोषणापत्रमा अनुसार दिवापली (तिहार) आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म मनाउने जनाएको छ । उक्त कार्यक्रममा नेप्लिज् स्टुडेन्ट एसोसियसन यूएनसिका अध्यक्ष विनीत अर्यालले नेपाली समुदायका तर्फबाट गीलफर्ड काउन्टीलाई धन्यवाद दिएका थिए ।
नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टी डेमोक्रयाट पार्टीका उपाध्यक्ष विनय अर्यालका पहलमा नेपाली विद्यार्थीहरुको सङ्गठन युएनसीजीको संयुक्त पहलमा यसको सुरुवात भएको थियो।
काउन्टीले यसरी नेपालीहरूको चाड पर्वलाई मान्यता दिनुले सबै नेपालीको जीत भएको उपाध्यक्ष बिनय अर्यालले बताए। अर्यालका अनुसार यसरी घोषणा पत्र सार्वजनिक भएपछि स्थानीय तहमा पर्व मनाउने र मनाउनका लागि केहि स्थलहरु उपलब्ध गराउने गर्दछ ।
यो निर्णयले त्यहाँ रहेका नेपाली समुदायहरू निकै उत्साहित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?