मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सप्तरीबाट १३ जना सडक आश्रित मानवहरूको उद्धार

शनिबार, ०३ कात्तिक २०८१, ०३ : ००
शनिबार, ०३ कात्तिक २०८१

राजविराज । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ ।

'यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा' भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा- ७ बाट ४ जना, वडा- ६  बाट ३ जना र  वडा- १ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका-१ बाट ५ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएका ११ जना पुरुष र २ जना महिलालाई शुक्रबारै  मानवसेवा आश्रम सर्लाही सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।  उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार सेवामा रहनेछ । उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक र्‍याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राकाे उद्देश्यबारे जानकारी गराइएको थियो । 

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चाडपर्वको समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताए । यात्राका क्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, विभिन्न संघसंस्थाबाट अपार माया र सहयोग पाएको भन्दै उनले खुसी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप