शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

शनिबार, ०३ कात्तिक २०८१, ०० : ४३
शनिबार, ०३ कात्तिक २०८१

तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शुक्रबार आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् ।

दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै मगरले उपाधि जितेका हुन् । 

उक्त दूरी ३७ मिनेट १८ सेकेण्डमा पार गर्दै स्थानीय अनमोल गुरुङ द्वितीय र ३८ मिनेट १८ सेकेण्डमा पार गर्दै आरोह गुरुङ तृतीय भए ।

ओखल्दीबाट सुरु भएको दौड ठाँटी, थप्रेक, काठीपिपल, राम्दी हुँदै गैरीस्वारा पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा ३० जनाले प्रतिस्पर्धा गरेका थिए । क्लबका अध्यक्ष लोकबहादुर गुरुङकाअनुसार विजेताले क्रमशः रु १० हजार,  पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप