शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

डब्लुटिटी 'युवा ग्रान्ड स्म्यास' सन् २०२५ बाट सुरू हुने

शनिबार, ०३ कात्तिक २०८१, ०० : ३७
शनिबार, ०३ कात्तिक २०८१

बेइजिङ । विश्व टेबल टेनिस (डब्लुटिटी) ले सन् २०२५ मा ‘डब्लुटिटी युवा ग्रान्ड स्म्यास’ सुरु गर्ने घोषणा गरेको छ ।

डब्लुटिटीका अनुसार युवा प्रतियोगिताको नयाँ स्तरमा यु–१५ र यु–१९ पुरुष र महिलाहरूको लागि एकल प्रतियोगिताहरू समावेश हुनेछन् । प्रत्येक प्रतियोगिताले अन्तर्राष्ट्रिय टेबल टेनिस महासङ्घ (आइटिटिएफ) विश्व वरियता अङ्कका लागि प्रतिस्पर्धा गर्ने विश्वका ३२ शीर्ष युवा प्रतिभालाई एकसाथ ल्याउनेछ ।

'डब्लुटिटी युथ ग्रान्ड स्म्यास टेबल टेनिसका भविष्यका युवाहरूलाई हुर्काउने हाम्रो मिशनमा एउटा साहसी कदम हो”, डब्लुटिटीका प्रमुख कार्यकारी स्टिभ डेन्टनले भने, 'यी कार्यक्रममार्फत हामी युवा खेलाडीहरूलाई विश्वमा आफ्नो प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्दैछौँ ।'

सन् २०२५ मा डब्लुटिटी युवा शृङ्खला क्यालेन्डरलाई ध्यानमा राख्दै डब्लुटिटीले चार युवा ग्रान्ड स्म्यास प्रतियोगिता, आठ डब्लुटिटी युवा स्टार प्रतियोगिता र ४० देखि ६० डब्लुटिटी युवा स्टार प्रतियोगिता गर्ने अपेक्षा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप