शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

मुग्लिनमा रविका समर्थकहरूद्वारा प्रदर्शन, धनराज र ऋषिकेशलाई कारबाही गर्न माग

शुक्रबार, ०२ कात्तिक २०८१, २३ : ३६
शुक्रबार, ०२ कात्तिक २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा उनका समर्थकहरूले ठाउँ-ठाउँमा विरोधसहित नाराबाजी गरेका छन् ।

रातको ११ बजिसक्दा समेत चितवनको मुग्लिनमा सयौँको संख्यामा रास्वपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सरकारले प्रतिसोधका आधारमा लामिछानेलाई पक्राउ गरेको, तर असली ठगहरूलाई भने उन्मुक्ति दिएको भन्दै विरोध जनाएका छन् । नाराबाजीका क्रममा एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङसहित वास्तविक सहकारी ठगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् ।  

चितवन-२ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पक्षमा मुग्लिनमा भीड जम्मा हुने भएपछि प्रहरीले नारायणगढबाट मुग्लिनतर्फ आउने सडक अवरुद्ध पारेको छ । 

काठमाडौँबाट पोखरातर्फ जानेक्रममा प्रहरीले लामिछानेलाई कुरिनटारस्थित एपीएफको विपद् व्यवस्थापन केन्द्रमा खाना खुवाएको थियो । अहिले प्रहरीले लामिछानेलाई मुग्लिनबाट अगाडि लगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप