शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन

शुक्रबार, ०२ कात्तिक २०८१, २३ : ००
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।  स्थलमार्गबाट पोखरा लैजाने क्रममा लामिछानेलाई लगिने रुटका विभिन्न स्थानका सडकमा पार्टीका नेता कार्यकर्ता भेला भएर विरोध प्रदर्शन गरेका हुन् । 

प्रहरीका अनुसार धादिङको नौबिसे, गल्छी, गजुरीलगायतका स्थानमा उनको पक्षमा पदर्शन भएका हुन् । सो क्रममा सडक अवरुद्ध पार्ने प्रयास समेत भएको प्रहरीको भनाइ छ । उसो त उनलाई पक्राउ गर्ने क्रममा पार्टी कार्यालय बनस्थलीमै पनि विरोध र नाराबाजी भएको थियो । 

रास्वपाका एक नेताले लामिछानेलाई पक्राउको विरोधमा शनिबार पोखरामा समेत प्रदर्शनको तयारी भएको बताए । यसबारे छलफल गर्न शुक्रबार नै पोखरामा रास्वापाको प्रदेशस्तरीय बैठक बसेको थियो ।  सहकारी ठगीमा संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार उनलाई पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ गरेर पोखरातर्फ पठाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप