देश सङ्कटको डिलमा पुगेको छ : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश सङ्कटको डिलमा पुगेको बताएका छन् । सत्तापक्षको बदमासीका कारण देश सङ्कटको डिलमा पुगेको बताउँदै उनीहरुले विदेशी शक्ति केन्द्रको एजेन्डा बोकेको उनले आरोप लगाए ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको सातौँ राष्ट्रिय परिषद् बैठक उद्घाटन कार्यक्रममा बोल्दै केसीले हिजो लोकतन्त्र गणतन्त्र ल्याउन लडेकाहरूबाटै अहिले यो व्यवस्था धरापमा परेको दाबी गरे । अमेरिकाको नागरिकता बोकेर हिँडेको मान्छेलाई निर्वाचन आयोगले सांसद बनाएको उल्लेख गर्दै त्यही गलत मान्छेलाई गृहमन्त्री बनाएर ओली, प्रचण्डले ठुलो गल्ती गरेको बताए ।
सांसदसमेत रहेका अध्यक्ष केसीले आगामी चैत्र २४ गतेदेखि संघीयताविरुद्व प्रदेश खारेज गर्न काठमाडौँ केन्द्रित निर्णायक आन्दोलन सुरु गर्ने उल्लेख गर्दै प्रदेशको अनावश्यक खर्चले देश बरबाद भैसकेको बताए । वार्षिक ४ खर्व खर्च गरेर नेपाली जनताले प्रदेश पाल्न नसक्ने उल्लेख गर्दै प्रदेशको खर्चले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने बताए ।
राज्य शिक्षाप्रति जबाफदेही नभएको बताउँदै केसीले राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न नसकेकाले विद्यार्थी तथा दक्ष जनशक्ति विदेश पलाएन भएको बताए । नेपालमा पाँच लाख घरहरू खाली भएको र १ करोड जनताले देश छोडेको बताउँदै उनले सत्ता पक्षलाई देशको भन्दा सत्ताको बढी माया भएको बताए ।
सत्तामा बसेर सरकारी जग्गा बेच्ने,सहकारी ठग्ने,सुनको कालो धन्दा गर्ने,नेपालीलाई गैरनेपाली बनाएर विदेश पलाएन गराउनेहरूबाट देश बन्दै नबन्ने अध्यक्ष केसीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित