शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

बर्दघाटमा भेटिएको १२ फिट लामो अजिङ्गरलाई निकुञ्जमा छाडियो

शुक्रबार, ०२ कात्तिक २०८१, २१ : १६
शुक्रबार, ०२ कात्तिक २०८१

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा फेला परेको  १२ फिट लामो लोपोन्मुख अजिङ्गरलाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।  शुक्रबार सो अजिङ्गरलाई बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्ता दुर्गा लामिछानेको सहयोगमा  नेपाली सेनाले निकुञ्जमा छोडेको हो । 

बर्दघाट नगरपालिका ५ स्थित होमकुमारी थापाको घरमा फेला परेको थियो । निकै दुर्लभ मानिने राज गोमनलाई भारतका चर्चित सर्प उद्धारकर्ता मुरलीवाले हौसला सहितको उपस्थितिमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छाडिएको थियो ।

बर्दघाट क्षेत्रमा पछिल्लो समय लोपोन्मुख सर्प देखिन थालेका छन् । एक महिना अगाडि बर्दघाटमा अति विषालु रसल भाइपर स्नेक (बाघे सर्प) भेटिएको थियो । यो सर्प लुम्बिनी प्रदेशको तराई भेगमा केही मात्रामा मात्र भेटिने गर्दछ । बर्दघाट– ७ बेलहानीमा यो सर्प भेटिएको हो ।

सर्पको उद्धारसँगै आम नगरवासीको जीउ ज्यानको समेत रक्षा भएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । नगरपालिकाले सर्प उद्धारकर्ता लामिछानेलाई प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप