शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
सुर्यदर्शन सहकारी ठगी प्रकरण

रविलाई स्थलमार्गबाटै पोखरातर्फ लगियो

शुक्रबार, ०२ कात्तिक २०८१, १९ : ०७
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ । 

उनलाई गाडीबाटै पोखरा लगिँदै गरिएको प्रहरीले जनायो  । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट लगेको जनाइएको छ । 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप