शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ रवि लामिछाने विरुद्धको पक्राउ पुर्जी

शुक्रबार, ०२ कात्तिक २०८१, १८ : २५
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । अदालतको अनुमतिसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ । सोही पुर्जीकाे आधारमा उनी शुक्रबार साँझ पक्राउ परिसकेका छन् ।   शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछानेलाई पक्राउ गरी पठाइदिन भन्दै प्रहरी प्रधान कार्यालय लगायतका निकायलाई पत्र पठाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय लाजिम्पाट, काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई सम्बोधन गर्दै लेखिएको पत्रमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित लामिछानेलाई पक्राउ गरी पठाउन आग्रह गरिएको छ ।

111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप