शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमती लोकसेवा अयोगका सदस्य ढकालले दिए राजीनामा

शुक्रबार, ०२ कात्तिक २०८१, १८ : १५
शुक्रबार, ०२ कात्तिक २०८१

हेटौँडा । आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै बागमती प्रदेश लोकसेवा आयोगका सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर शुक्रवार राजीनामा बुझाएका हुन् । 

११ कार्तिकबाट लागू हुने गरी राजीनामा बुझाएका ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क)अनुसार राजीनामा बुझाएका हुन् । आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष बनाउने तयारी भएपछि पदबाट राजीनामा दिएको उनको भनाई छ । प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेको उनले दाबी गरे ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आफूलाई आयोगका सदस्य ढकालले राजीनामा दिएको विषयमा कुनै जानकारी नभएको बताए । उनले आयोगको अध्यक्ष नियुक्तिको विषय पनि आफूलाई जानकारी नभएको दाबी गरे । 

उनले आयोगको अध्यक्ष नियुक्त गर्ने विषयमा छलफल भने भइरहेको जानकारी दिए । प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने भएकाले आफूलाई त्यसबारेमा वास्तविकता थाहा नभएको उनको भनाई छ ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका पूर्व निर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारी भएको छ । स्रोतका अनुसार अध्यक्षमा श्रेष्ठको नाम फाइनल भइसकेको र एक दुई दिनमै नियुक्ति गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप