शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’

शुक्रबार, ०२ कात्तिक २०८१, १८ : ०२
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि 

प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन् । 

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् ।

रिमालले समेत फेसबुकबाटै जवाफ लेख्दै भनेका छन्, रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।

गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश नखसेको बताएका छन् । त्यो बेला राजनीतिक प्रतिशोध नभएको उनको भनाइ छ । 

रवि पक्राउ पर्दा के आकाश खस्छ भनेर उनले प्रश्न गरे । उनले कानुनलाई सघाउन र ६५ करोडबारे जवाफ दिन र अदालतले न्याय दिने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप