शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरामा रास्वपाको आकस्मिक बैठक

शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ४९
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ । 

सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो । 

बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ । 

रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय गरिसकेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप