शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

रविले भने, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो'

शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ३४
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको टिप्पणी गरेका छन् । 

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’

लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा प्रहरीले शुक्रबारै पक्राउ गरिसकेको छ । 

sss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप