शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

एसपी र डीएसपी अदालतबाट बाहिरिए, रविको पक्राउ पुर्जीबारे मौन

शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ०१
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी र अर्का एक डीएसपी बाहिरिएका छन् । 

 एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालतबाट बाहिरिएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको चर्चाका बिच उनीहरूले यसबारे सञ्चारकर्मीको जिज्ञासामा भने केही बोलेनन् । अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नमा ओलियाले भने, ‘आधिकारिक च्यानलबाट थाहा भइहाल्छ । अहिले नआत्तिनुस् ।’ प्रहरी अदालत पुग्दा सहकारीसँग जोडिएका फाइल समेत लिएर आएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप