शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

बालिकालाई वेश्यावृत्तिमा लगाएर ६ हजारसम्म असुल्ने प्रतिवादी पक्राउ

शुक्रबार, ०२ कात्तिक २०८१, १५ : ४७
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा राखेर बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका सुजन तामाङ छन् ।

२९ वर्षीय तामाङलाई टोखा नगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

बालिकालाई उनले गेस्ट हाउसमा राखेर वेश्यावृत्ति गर्न बाध्य बनाएर एक रातको ६ हजार सम्म असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पीडित बालिकालाई उनले १ महिनासम्म गेस्ट हाउसबाट बाहिर निस्कन नदिएर जबरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाएको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान गरेको थियो ।

प्रहरीले अनुसन्धान थालेपछि फरार भएका उनलाई १ वर्षपछि पक्राउ गरिएको एसपी मिश्रले बताए । उनले भने, ‘अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप