पार्टी एकता हुने भएपछि अनेरास्ववियूको बैठक स्थगित
बिहीबार, ०३ जेठ २०७५, १२ : ५४
काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेपछि बैठक स्थगित गरिएको संगठनकी सचिव आरती लामाले जानकारी दिइन् ।
अनेरास्ववियूले जेठ ४ र ५ गतेको लागि बैठक बोलाएको थियो ।