शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

अन्ततः अमेरिकाले दियो सन्दीप लामिछानेलाई भिसा

शुक्रबार, ०२ कात्तिक २०८१, १४ : ५७
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको प्रवेशाज्ञा (भिसा) पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएको हो ।

सन्दीप शुक्रबार राति नै अमेरिका प्रस्थान गर्ने पनि क्यानले जनाएको छ । नेपाली टोली हाल आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका भ्रमणमा रहेको छ ।

 अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ ।

बलात्कार मुद्दामा सफाइ पाए पनि उनलाई यसअघि तीन पटकसम्म अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप