लामो विवादपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डको प्रमाणपत्र

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डबाट हरियो संकेत मिलेको छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा एक मिनेटको दृश्य काटिएको छ ।
फिल्म अहिले रिलिजको तयारीमा छ । छिट्टै कंगनाले रिलिज डेटको आधिकारिक घोषणा गर्नेछिन् ।
सिख संगठनहरूले फिल्मलाई लिएर आपत्ति जनाएपछि सीबीएफसीले चलचित्रको प्रमाणपत्र रोकेको थियो। यस विषयमा कंगनाले पनि आक्रोश पोखेकी थिइन् ।
सीबीएफसीले यस फिल्मका धेरै दृश्यहरूमा आपत्ति जनाएको थियो। सीबीएफसीले यस फिल्मबाट ३ वटा दृश्य हटाउन निर्देशन दिएको थियो । फिल्म रिलिज गर्नुअघि १० वटा परिवर्तन गर्नुपर्ने निर्देशन पनि दिइएको थियो ।
चलचित्रको सर्टिफिकेटमा यसको अघिल्लो १४७ मिनेटको रनटाइमलाई घटाएर १४६ मिनेटमा राखिएको देख्न सकिन्छ । फिल्ममा १ मिनेट काटिएको देखिन्छ ।
कंगनाले फिल्मलाई सेन्सर बोर्डबाट ग्रिन सिग्नल पाएकोमा खुशी व्यक्त गरेकी छन् । उनले एक्स ह्यान्डलमा पोष्ट सेयर गर्दै लेखेका छन्, ‘हामीले यो घोषणा गर्न पाउँदा खुसी छौँ कि हामीले हाम्रो फिल्म इमर्जेन्सीको लागि सेन्सर प्रमाणपत्र प्राप्त गरेका छौँ। हामी छिट्टै यसको रिलिज मिति घोषणा गर्नेछौं। तपाईंको धैर्य र समर्थनको लागि धन्यवाद।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
-
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’