शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

शुक्रबार, ०२ कात्तिक २०८१, १४ : ०६
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कार्तिक १० गतेदेखि विराटनगरमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको खेल तालिका पनि शुक्रबार सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल कोशी प्रदेश र मधेश प्रदेशबिच खेलिने छ । उक्त खेल विहान ०९ः०० बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो दिन कार्तिक ११ गते दुई खेल खेलिने छ । दोस्रो दिनको खेल लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा मधेश प्रदेश र गण्डकी प्रदेशबिच खेलिने छ ।

यसैगरी, प्रतियोगिताको तेस्रो दिन कार्तिक १२ गते पनि दुई खेल खेलिने छ । तेस्रो दिनको खेल बागमती प्रदेश र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबिच हुनेछ । चौथो दिन कार्तिक १३ गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबिच हुनेछ ।

यसैगरी, प्रतियोगिताको पाँचौँ दिन कार्तिक १४ गते कर्णाली प्रदेश र लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश र कोशी प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको छैटौँ दिन कार्तिक १५ गते गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।

यसैगरी, प्रतियोगिताको सातौँ दिन कार्तिक १६ गते मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको आठौँ दिन कार्तिक १७ गते बागमती प्रदेश र कोशी प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशबिच खेल हुनेछ ।

यसैगरी, प्रतियोगिताको नवौँ दिन कार्तिक १८ गते सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको १०औँ दिन कार्तिक १९ गते कर्णाली प्रदेश र मधेश प्रदेश तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

यसैगरी,  प्रतियोगिताको ११औँ दिन कार्तिक २० गते लुम्बिनी प्रदेश र मधेश प्रदेश तथा कर्णाली प्रदेश र बागमती प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको अन्तिम दिन कार्तिक २१ गते समूहगत चरणमा पहिलो हुने र दोस्रो हुने टोलीबिच फाइनल खेल खेलाइने छ ।

Naresh Shrestha Memorial Cricket

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप