पाचनमा समस्या भएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरू चकित भएका छन् ।
एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस अस्पताल वासल कुञ्जमा आएका थिए, उनी करिब तीन दिनदेखि पेटको समस्याको गुनासो गर्न आएका थिए। उनले पेटमा कडा दुखाइ र खाना पचाउन समस्या भएको गुनासो गरे । जसका कारण उनको पेट बारम्बार फुल्ने समस्या थियो।
ती व्यक्तिले केही दिन अघि राति बजारमा स्ट्रिट फुड खाएका थिए । त्यसैले उनको स्वास्थ्यमा समस्या भएको आशङ्का गरिएको थियो।
डाक्टरहरूले उनको समस्या पत्ता लगाउन माथिल्लो ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई) इन्डोस्कोपी गर्ने निर्णय गरे । यो प्रक्रिया जसले ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्टको माथिल्लो भागको जाँच गर्दछ । तर डाक्टरहरूले सोचेका पनि थिएनन्, उनीहरूले ती युवकको सानो आन्द्रामा जीवित साङ्लो फेला पार्छन् भनेर ।
‘विगत दुई–तीन दिनदेखि बिरामीलाई खाना खाएपछि अपच हुने र पेट फुल्ने समस्या थियो । नियमित निरीक्षणको क्रममा हामीले संयोगवश साङ्लो देख्यौँ, "डा. शुभम् वात्स्याले इन्डियन एक्सप्रेस अखबारलाई भने, ‘हामी पनि छक्क पर्यौँ कि साङ्लो कसरी जीवित रहन सफल भयो।"
बिरामीको शरीरमा साङ्लो पत्ता लगाएपछि, डाक्टरहरूको टोलीले दुई वटा च्यानलहरू सहितको एन्डोस्कोप प्रयोग गरेर यसलाई हटाउने निर्णय गरे - एउटा हावा र पानी इन्फ्युजनको लागि र अर्को हावा सक्शनको लागि।
"हामीले स्कोपमा सक्शन बटन सक्रिय गर्यौँ, प्रभावकारी रूपमा साङ्लोलाई सक्शन च्यानलमा तान्यौँ । यसरी हामीले युवककोको ज्यान बचाउन सफल भयौँ," डा वात्स्याले भने, ‘यसलाई सकेसम्म चाँडो हटाउन असफल भएको भए सङ्क्रामक रोगहरूसहित गम्भीर जटिलताहरू निम्त्याउन सक्थ्यो ।’
ती युवकको आन्द्रामा ३ सेन्टिमिटरको साङ्लो कसरी पस्यो भन्ने बारे चाहिँ यकिन हुन सकेको छैन । तर डाक्टरहरूले उनी सुतेको बेला वा रातको बजारमा केही खाँदा संयोगवश निलेको अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुजु फर्छ्यौट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-
बागमती प्रदेश लिग : फाइनलमा काठमाडौँ र दोलखा भिड्ने
-
ट्रम्पको होटल अगाडि भएको विस्फोट न्यू ओर्लियन्सको आक्रमणसँग जोडिएको थियो ?
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
जसपा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा नयाँ पदाधिकारी चयन