शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट प्रकाशित नेपाली मिडिया खसोखासलाई एक लाख डलरको पुरस्कार

शुक्रबार, ०२ कात्तिक २०८१, १३ : ३७
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुँदै आएको नेपाली मिडिया खसोखासले १ लाख डलरको पुरस्कार प्राप्त गरेको छ ।  नेपाली समुदायका लागि सञ्चालित खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको ‘प्रेस फरवार्ड’ पुरस्कार प्रदान गरिएको हो । 

प्रेस फरवार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर  लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट संचालित राष्ट्रिय अभियान भएको बताइएको छ । 

‘प्रेस फरवार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी  गर्वको अनुभव गरिरहेका छौँ। यो निःसर्त प्रदान गरिएको एक लाख डलर हाम्रा लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३  वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले भने। 

अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रूपमा सन् २०१२ मा सुरु भएको खसोखासले अध्यागमन र नेपाली समुदायका कथाहरूदेखि न्युयोर्कको क्विन्स र बाहिरका स्थानीय समाचारसम्म प्रकाशित गर्दै आएको छ। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप