मुम्बईमा ताइवानको कार्यालय, चीनको कडा विरोध

मुम्बई । मुम्बईमा ताइवानको नयाँ कार्यालय खोलेकोमा चीनले प्रतिक्रिया जनाएको छ । भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एकअर्काको देशमा कार्यालय खोल्नेलगायतका आधिकारिक सम्पर्कको कडा विरोध गरेका छन् ।
यु जिङले भारतले एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै यो भारत र चीनबिचको राजनीतिक सम्बन्धको आधार भएको जिकिर गरे ।
यु जिङले भने, ‘चीनले भारतलाई ताइवानसँग सम्बन्धित समस्याहरू उचित रूपमा समाधान गर्न र एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई कडाइका साथ पालना गर्न आग्रह गर्दछ। भारतले ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक वार्ता गर्नु हुँदैन र चीनले सम्बन्ध सुधारको प्रक्रियामा बाधा पुर्याउने छैन।’
चीनले ताइवानलाई विद्रोही प्रान्त मान्छ र विश्वको कुनै पनि देशले यससँग सम्बन्ध स्थापना गर्न खोज्दा चीनले कडा विरोध गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै