नक्कली नोटसहित एक जना पक्राउ
शुक्रबार, ०२ कात्तिक २०८१, १२ : ५१

पर्सा । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत
-
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
-
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र : तीनवटै सभाको परस्पर सम्बन्ध विकासमा प्रतिबद्धता
-
‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’