शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको कार्तिक महिना ? हेर्नुहोस् राशिफल

शुक्रबार, ०२ कात्तिक २०८१, १२ : ३२
शुक्रबार, ०२ कात्तिक २०८१

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागि सूर्य व्यापार भावमा,बुध कार्तिक १० गतेसम्म व्यापार भावमा र कार्तिक ११ गतेबाट  कष्ट भावमा, शुक्र कार्तिक २० गतेसम्म कष्ट भावमा र २१ गतेबाट भाग्य भावमा, मङ्गल ९ गतेसम्म पराक्रम भावमा र १० गतेबाट सुख भावमा, बृहस्पति धन भावमा, शनि आए भावमा, राहु खर्च भावमा र  केतु प्रतिस्पर्धा भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा छोराछोरीसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरूका लागी यो महिना साझेदारहरू बिच मनमुटाब बढ्ने योग रहेको छ । आँखामा समस्या, क्याल्सियमको कमी,हड्डीमा समस्या आउने हुनाले ध्यान दिनुहोला । १० गतेबाट सुख भावमा गोचर गर्ने कमजोर मङ्गलले सवारी साधन चलाउँदा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।  

तरपनि अन्य ग्रहको अनुकूल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असीमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रसन्न रहनेछ । छोटो वा लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा आफन्त तथा साथीहरूसँग सहभागी भई मिठा परिकार खादै रमाइलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशीर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाई लेखाई सुधार भएर जानेछ भने कुनै पनि प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ ।

पैतृक काम वा राज्यसँग नजिक भएर गरिने कामबाट मनग्गे लाभ लिन सकिनेछ । कृषि क्षेत्रलाई समय रापेक्ष परिवर्तन गरी आम्दानी बढाउन सकिनेछ । धन भावभा गोचर गर्ने बृहस्पति र आए भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले शैक्षिक सामाग्री, स्वास्थ्य सामाग्री, खाद्यान्न र निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो समयदेखि रोकिएर बसेका कुनै पनि कामहरू सुचारु गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागि सूर्य प्रतिस्पर्धा भावमा, बुध कार्तिक १०  गतेसम्म प्रतिस्पर्धा भावमा र ११ गतेबाट व्यापार भावमा, शुक्र कार्तिक २० गतेसम्म व्यापार भावमा र २१ गतेबाट कष्ट भावमा, बृहस्पति र शनि कष्ट भावमा । मङ्गल ९ गतेसम्म धन भावमा र १० गतेबाट पराक्रम भावमा, बृहस्पति राशिमा, शनि राज्य भावमा, राहु आए भावमा र  केतु विद्या भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा वृष राशि भएकाहरूका लागि यो महिना उत्तम रहेको छ । छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । मातापिता तथा आफन्तबाट आशीर्वाद पाइनेछ । बाधा विरोध गर्नेहरू आफै किनारा लाग्नेछन् भने औषधि,खाद्यान्न,निर्माण सामाग्रीको व्यवसाय गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ ।

पढाइ लेखाइमा प्रविधिको प्रयोग गरी अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाँधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरू पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ  । खनिज पदार्थ, खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ ।, प्रशासनिक तथा सरकारी क्षेत्रबाट विशेष फाइदा हुनेछ । फिल्म, मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासी जीवन ब्यातित हुनेछ ।

तरपनि महिनाको पुर्वार्द्धमा धन भावमा गर्ने मङ्गलको प्रतिकुल प्रभावले शरीरमा रगत, बोनम्यारो तथा हेमोग्लोबिनको कमी हुने जस्ता समस्या आउन सक्छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागि सूर्य महिनाभरि नै विद्या तथा सन्तान भावमा, बुध कार्तिक १० गतेसम्म विद्या भावमा र कार्तिक ११ गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र कार्तिक २० गतेसम्म प्रतिस्पर्धा भावमा र २१ गतेबाट व्यापार भावमा बृहस्पति र शनि व्यापार भावमा । मङ्गल ९ गतेसम्म राशिमा र १० गतेबाट धन भावमा,  बृहस्पति खर्च भावमा, शनि भाग्य भावमा, राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोगि जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरूका लागि महिना मध्यम रहेको छ ।

तरपनि महिनाभर नै बुध, शुक्र तथा शनिको अनुकूल प्रभाव रहनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी, संस्थान तथा प्राईबेट कम्पनीहरूका काम गर्नेहरूका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।  अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ ।

सञ्चार जगत, ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ, स्टक एक्चञ्ज, चार्टर एकाउन्टेण्ट, व्यापार, हास्य व्याङय, कलाकार, लेखक, साहित्यकार र चलचित्र क्षेत्रमा काम गर्नेहरूका लागि यो महिना उत्तम रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुनेहरूका लागि सूर्य महिनाभरि नै सुख भावमा, बुध कार्तिक १० गतेसम्म सुख भावमा र ११ गतेबाट विद्या भावमा, शुक्र कार्तिक २० गतेसम्म विद्या भावमा र २१ गतेबाट प्रतिस्पर्धा भावमा, मङ्गल ९ गतेसम्म खर्च भावमा र १० गतेबाट राशिमा । बृहस्पति आए भावमा, शनि कष्ट भावमा, राहु भाग्य भावमा, केतु पराक्रम भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा बुध,शुक्र, बृहस्पति, राहु तथा केतुको अनुकूल प्रभावले प्राकृतिक स्रोत र पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूका लागि मनग्गे धन सम्पत्ति जोड्न सकिने समय रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धित सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । माता पिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ ।

तरपनि सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनते गर्नुपर्नेछ । राजनीतिकर्मी, समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । हड्डी र मुटुमा समस्या आउने तथा शरीरमा क्याल्सियमको कमी हुनसक्छ । महिनाभर नै शनि ग्रहको अढैयाको प्रभावले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिनाको पुर्वाद्धमा मंगलको प्रतिकुल प्रभावले खर्च बढ्ने तथा वैदेशिक रोजगार सम्बन्धी काममा बिचौलियाको चङ्गुलमा परिनेछ ।

उड्डयन प्राधिकरण, हाइड्रो इन्जिनियर, पौडिबाज, तेल प्रसोधन, खेतिपाति, पशुपालन, कृषि, डेयरि प्रोडक्सन, तथा प्रसासनिक क्षेत्रमा यो महिना काम गर्नेहरूका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागि सूर्य महिनाभरि नै पराक्रम भावमा, बुध कार्तिक १० गतेसम्म पराक्रम भावमा र ११ गतेबाट सुख भावमा, शुक्र कार्तिक २० गतेसम्म सुख भावमा र २१ गतेबाट विद्या भावमा, मङ्गल ९ गतेसम्म आए भावमा र १० गतेबाट खर्च भावमा । बृहस्पति राज्य भावमा, शनि  व्यापार भावमा, राहु कष्ट भावमा, केतु धन भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा सिंह राशि भएका व्याक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । अन्धविश्वास तथा कुसस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । राज्य भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल प्रभावले राज्य संयन्त्रसँग सहकार्य गरी विकास काम गर्न सकिनेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ ।

तरपनि खर्च भावको कमजोर मङ्गल, कष्ट भावमा राहु, धन भावमा केतु र पति पत्नी भावमा शनिको प्रतिकुल प्रभावले माया प्रेमका सम्बन्धहरुमा दरार आउनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढ्नेछ । वैदेशिक काममा झैझमेलामा फसिनेछ । सवारी साधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला रुपैयाँ पैसा डुब्ने र सवारी साधनको प्रयोग गर्दा अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा सङ्गठन, उद्योग, ब्याबस्थापन, मेडिकल, राजनीति, रिशर्च, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा काम गर्नेहरूका लागी यो महिना राम्रो प्रगति हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागि सूर्य महिनाभरि नै धन भावमा, बुध कार्तिक १० गतेसम्म धन भावमा र ११ गतेबाट पराक्रम भावमा, शुक्र कार्तिक २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा, मङ्गल ९ गतेसम्म कर्म भावमा र १० गतेबाट आए भावमा । बृहस्पति भाग्य भावमा, शनि प्रतिस्पर्धा भावमा, राहु व्यापार भावमा, केतु राशिमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरूलाई पहिचान गर्न नसस्दा उपलब्धि हातबाट फुत्किनेछ । धनसम्पती हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । हड्डी, दाहिने आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । कर्म तथा आए भावमा गोचर गर्ने मंगलले कार्य क्षेत्रमा सहयोग गर्नेभन्दा खुट्टा तान्नेहरू हाबी हुनेछन् । होटल तथा रेस्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।

तरपनि बुध,शुक्र, बृहस्पति र शनि अनुकूल प्रभावले साहित्य लेखन तथा सङ्गीतको क्षेत्रमा निखारता आउने तथा विशेष उपलब्धि हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक बस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । बृहस्पति तथा शनिको प्रभावले उत्पादनमुखी, शैक्षिक सामाग्री तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय उत्तम रहेको छ । राहुको प्रतिकुल प्रभावले माया प्रेममा मनमुटाब सिर्जना भएपनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।

वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र, निर्माण सामाग्री, खाद्यान्न तथा बिलासी सामानको व्यापार गर्नेहरूका लागी यो महिना शुभ रहेको छ  ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागि सूर्य महिनाभरी पहिलो भाव वा राशिमा, बुध कार्तिक १० गतेसम्म राशिमा र ११ गतेबाट धन भावमा, शुक्र कार्तिक २० गतेसम्म धन भावमा र २१ गतेबाट पराक्रम भावमा, मङ्गल ९ गतेसम्म भाग्य भावमा र १० गतेबाट कर्म भावमा । बृहस्पति कष्ट भावमा, शनि विद्या भावमा, राहु प्रतिस्पर्धा भावमा, केतु खर्च गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना तुला राशि हुनेहरूका लागी समय मध्यम रहेको छ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रज हरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । शनि र बृहस्पतिको प्रतिकुल प्रभावले स्वास्थ्यमा विशेष गरी उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।

तरपनि बुध,शुक्र, राहुको अनुकूल प्रभावले प्रभावले परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागि समय उत्तम रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन  सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । गर्ने समय रहेको छ ।

कूटनीति, परराष्ट्र,राजनीति,राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्ने समय रहेको छ । त्यसैगरि कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न  सकिने संयम रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागि सूर्य महिनाभरी खर्च भावमा, बुध कार्तिक १० गतेसम्म खर्च भावमा र ११ गतेबाट राशिमा, शुक्र कार्तिक २० गतेसम्म राशिमा र २१ गतेबाट धन भावमा, मङ्गल ९ गतेसम्म कष्ट भावमा र १० गतेबाट भाग्य भावमा । बृहस्पति व्यापार भावमा, शनि सुख भावमा, राहु विद्या भावमा, केतु आए गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा वृश्चिक राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही कामगर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । महिनाको पुर्वाद्धमा कष्ट भावमा गोचर गर्ने मंगलले यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुपर्नेछ । महिनाभर नै शनिका साढेसाती दशाको प्रभाव रहने छ, जसको कारणले शरीरमा आलस्य तथा थकान महसुस हुनेछ । सन्तान तथा विद्या भावमा गोचर गर्ने राहुले अध्ययनमा बाधा तथा सन्तान तथा आफन्तसँग वैचारिक मतभेद रहनेछ ।

तरपनि बुध, शुक्र, बृहस्पति, केतुको अनुकूल प्रभावले लामो समयदेखि थाती रहेका कामहरू रुचारु गर्न सकिनेछ । लेखन तथा कला क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै जनमानसमा लैजान सकिनेछ । शैक्षिक सामाग्री, बिलासी सामान, पूजा सामाग्री, गरगहना, पहिरन तथा सवारी साधनको कारोबार गर्नेहरूका लागी भाग्यले साथ दिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ ।

कबि, दार्शनिक, लेखक, समालोचक, बिचारक, गुप्तचर, आयात, अनुशन्धान, रिसर्च, गर्नेहरूका लागी यो महिना उत्तम रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  धनु राशि हुनेहरूका लागि सूर्य महिनाभरी आए भावमा भावमा, बुध कार्तिक १० गतेसम्म आए भावमा र ११ गतेबाट खर्च भावमा, शुक्र कार्तिक २० गतेसम्म खर्च भावमा र २१ गतेबाट राशिमा, मङ्गल ९ गतेसम्म व्यापार भावमा र १० गतेबाट कष्ट भावमा । बृहस्पति प्रतिस्पर्धा भावमा, शनि पराक्रम भावमा, राहु सुख भावमा, केतु कर्म भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धनु राशि हुनेहरूका लागी यो महिना केही छिटपुट घटना बाहेक उत्तम रहेको छ । महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकूल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ, तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पत्ति आर्जन गर्न सकिनेछ । आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ ।

तपाईँको कार्यकुशलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरी समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखि कार्य सकिनेछ । शुक्र र बुधको अनुकूल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समय फलदायी रहनेछ । राजनीतिकर्मी, खेलाडी, पत्रकार तथा विद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । 

तरपनि मङ्गल तथा राहुको प्रतिकुल प्रभावले नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

प्रशासन, शिक्षण, मेडिकल, उद्योग, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही काम गर्नेहरूका लागि यो महिना राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागि सूर्य महिनाभरी राज्य भावमा, बुध कार्तिक १० गतेसम्म राज्य भावमा र ११ गतेबाट आए भावमा, शुक्र कार्तिक २० गतेसम्म आए भावमा र २१ गतेबाट खर्च, मङ्गल ९ गतेसम्म प्रतिस्पर्धा भावमा र १० गतेबाट व्यापार भावमा । बृहस्पति विद्या भावमा, शनि धन भावमा, राहु पराक्रम भावमा, केतु भाग्य भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मकर राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरू सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

बृहस्पतिको अनुकूल प्रभावले पढाइ लेखाइमा प्रतिस्पर्धी हरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरूका लागी समय राम्रो रहेको छ । पति पत्नी बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ । कला साहित्य तथा गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरूका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मातापिता तथा अग्रबाट आशीर्वाद तथा सहयोग पाइनेछ ।

तरपनि शनिको अन्य शाढेसातीको प्रभाव महिनाभर रहने हुनाले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

मार्केटिङ, बिमा, एकाउन्ट, बैक तथा वित्तीय संस्था जस्ता क्षेत्रमा काम गर्नेहरूले सफलता प्राप्त गर्नेछन् । न्यायाधीस, इन्जिनियर, ब्याबस्थापक, वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरूका लागि यो महिना केही शुभ रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागि सूर्य महिनाभरी भाग्य भावमा, बुध कार्तिक १० गतेसम्म भाग्य भावमा र ११ गतेबाट राज्य भावमा, शुक्र कार्तिक २० गतेसम्म कर्म भावमा र २१ गतेबाट आए भावमा, मङ्गल ९ गतेसम्म विद्या भावमा र १० गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति सुख भावमा, शनि राशिमा, राहु धन भावमा, केतु कष्ट भावमा गोचर गरिहरेका छन् ।

भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभाव  कारणले घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दिर आउनेछ । श्वासप्रश्वास, आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । धन भावमा राहु र अष्टम भावमा केतुको गोचर अशुभ रहने हुनाले धन तथा रुपैयाँ पैसा सापटी स्वरूप कसैलाई नदिनुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न ।

तरपनि सङ्घर्षका बाबजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । बुध तथा शुक्र तथा अन्य ग्रहको अनुकूल प्रभावले गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाइको सहयोग रहनेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

यो महिना सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, प्राविधिक काममा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहनेछ । लेखन, साहित्य,कला, दर्शन, धर्म प्रचार, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यातित गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागि सूर्य महिनाभरी कष्ट भावमा, बुध कार्तिक १० गतेसम्म कष्ट भावमा र ११ गतेबाट भाग्य भावमा, शुक्र कार्तिक २० गतेसम्म भाग्य भावमा र २१ गतेबाट कर्म भावमा, मङ्गल ९ गतेसम्म सुख भावमा र १० गतेबाट विद्या भावमा, बृहस्पति पराक्रम भावमा, शनि खर्च भावमा, राहु राशिमा भावमा, केतु व्यापार भावमा गोचर गरिहरेका छन् ।

महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ  । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । शनिको आद्य साढेशातिको प्रभावले शरीरमा आलस्य तथा अल्छिपना बढेर जानेछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

तापनि बृहस्पति, शनि तथा अरु ग्रहको अनुकूल प्रभाव रहनाले व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनते गर्दा पढाइ लेखाइमा नतिजा तपाईँको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन, बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

लेखन, कला तथा साहित्य, मनोरञ्जन, हास्यबिधा, योग ध्यान, अध्यात्म जस्ता क्षेत्रमा काम गरी नाम कमाउने समय रहेको छ  ।  

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप