मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

अर्जुनसँगको ब्रेकअपको कुनै पछुतो छैन मलाइकालाई !

शुक्रबार, ०२ कात्तिक २०८१, १२ : २९
शुक्रबार, ०२ कात्तिक २०८१

मुम्बई । केही समय अघि मलाइका अरोडा र अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो । यी खबरहरू पछि मलाइकाले पहिलो पटक आफ्नो व्यक्तिगत  र व्यावसायिक जीवनको बारेमा कुरा गरेकी छिन् । 

उनले कुनै पछुतो बिना आफ्नो जीवन बिताइरहेको बताएकी हुन् । जीवनमा आफूले जे रोजेकी छिन्, त्यसले आफ्नो जीवनलाई आकार दिएको मलाइकाको भनाई छ ।

ग्लोबलस्पा म्यागजिनसँग कुरा गर्दै मलाइकाले भनिन्, ‘मैले व्यक्तिगत र व्यावसायिक जीवनमा जे गरेँ, त्यसले मेरो जीवनलाई आकार दिएको छ । म कुनै पश्चात्ताप बिना बाँचिरहेको छु। चीजहरू जसरी थिए,  म भाग्यमानी महसुस गर्छु ।

मलाइकाका सौतेनी बुवा अनिल मेहताको निधनको समयमा उनलाई साथ दिन अर्जुन कपुर आएका थिए । अर्जुन कपूर अनिल मेहताको प्रार्थना सभामा पनि देखिएका थिए।

जुम रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपूरबिच नोभेम्बर २०२३ मा नै ब्रेकअप भएको थियो । रिपोर्टमा भनिएको थियो कि दुई मध्ये एक विवाह गरेर बस्न चाहन्थे भने जबकि अर्कोलाई यसको लागि समय चाहिएको थियो । यही कुरा उनीहरूबिच द्वन्द्वको कारण बन्यो ।

मलाइका अरोडाले अर्जुन र उनका आफन्तलाई इन्स्टाग्रामबाट अनफलो गरेपछि उनीहरूको ब्रेकअपको खबर हेडलाइनमा आएको थियो । दुवै सन् २०१६ देखि सम्बन्धमा थिए । यो जोडीले जन्मदिनको पोस्टमार्फत आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप