शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विपक्षी दलको बैठक

लोसपाले भन्यो– प्रचण्डले झुक्याएर अध्यक्ष ठाकुरलाई बैठकमा बोलाए

शुक्रबार, ०२ कात्तिक २०८१, १२ : १०
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरूको बैठकमा सत्ता पक्षीय लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।  सो बैठकमा उनको सहभागिता राजनीतिक रूपमा चर्चाको विषय बनेको छ ।

तर लोसपा नेपालका नेताहरूले आफ्नो दलका अध्यक्षलाई माओवादी अध्यक्ष प्रचण्डले झुक्क्याएर बोलाएको दाबी गरेका छन् । लोसपा नेपालका महासचिव मनिष मिश्रले आफ्नो दलका अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए ।

उनले भने, ‘हाम्रो दल सरकारमा रहेका कारण प्रतिपक्षी दलहरूको बैठकमा जाने कुरा नै हुँदैन तर अध्यक्ष प्रचण्डले तपाईंसँग समसामयिक विषयमा छलफल गर्नुछ एकपटक भेटौँ भनी आफैँ फोन गरेर बोलाउनुभयो । यसरी प्रधानमन्त्री भइसकेका प्रतिपक्षी दलका नेताले छलफलका लागि बोलाएपछि नजाने कुरा हुँदैन, हाम्रो अध्यक्षज्यू जानुभयो तर त्यहाँ अरू दलका नेताहरू पनि हुनुहुन्थ्यो, जसलाई प्रतिपक्षी दलहरूको बैठक भनी प्रचार गरियो ।’

अध्यक्ष ठाकुरले बैठकमा केही कुरा नगरी उनीहरूको कुरा सुनेर फर्किएको महासचिव मिश्रले बताए । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा लोसपा नेपालबाट शरतसिंह भण्डारी श्रम मन्त्री छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप