जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ५३ वर्षीय योगेनद्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ नयाँबजार बस्ने ६८ वर्षीय विनोद शेरचन समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६९ हजार ६० रुपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।
कास्कीकै ड्यामसाईड बस्ने ४६ वर्षीय प्रताप गुरुङको फाइनल स्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेको अवस्थामा प्रताप समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय ५० रुपैयाँ र २ सय २४ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण
-
‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका