शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
विपक्षी दलकाे बैठक

ओली सरकार असफल भएको विपक्षी दलको निष्कर्ष

समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने
शुक्रबार, ०२ कात्तिक २०८१, ११ : ३०
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

यस्तै आजपाका अध्यक्ष प्रभु साहले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताए । 

यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत उनले बताए । उनका अनुसार बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकले निष्कर्ष निकालेको छ । यस्तै सरकार सुशासनको सवालमा चुकेको,  भ्रष्टाचारलाई प्रशय दिएको जस्ता आरोप पनि विपक्षी दलले लगाएको छ ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान  बसेको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप