विपक्षी दलकाे बैठक
सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको विपक्षी दलको आरोप
शुक्रबार, ०२ कात्तिक २०८१, ११ : १०
१

काठमाडौँ । विपक्षी दलले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पचण्डले केपी ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने धारणा राखेका थिए । यस्तै विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्नेबारे समझदारी बनेको समेत साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला