शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

शुक्रबार, ०२ कात्तिक २०८१, १० : ३१
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६% (२०८८/८९)’ नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । 

उक्त सम्झौता पत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् कूल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप