शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

शुक्रबार, ०२ कात्तिक २०८१, ०८ : ५४
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । 

बैठक  संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ ।  बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप