शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’

शुक्रबार, ०२ कात्तिक २०८१, ०८ : ४३
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गायिका अनु चौधरीको स्वरमा रहेको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा सङ्गीत छ ।

कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा आइटम गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन् । अलिशाको नृत्य निकै आकर्षक रहेको छ । 

नवीन भट्टको निर्देशनमा डेब्यु रहेको चलचित्र बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको हो । 

मनोज कुमार अधिकारीको निर्माण रहेको चलचित्रको नितिश पुन सह–निर्माता हुन् । सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको चलचित्र मार्फत सन्दीप श्रेष्ठ र भावना उप्रेती नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

चलचित्रमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायत कलाकारको अभिनय छ ।

जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, प्रशान्त सिवाकोटीको सङ्गीत रहेको चलचित्र आर.आर फिल्मस्ले वितरण गर्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप