शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान तथा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा

शुक्रबार, ०२ कात्तिक २०८१, ०८ : १४
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा हुने भएको छ । 

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि सुरु हुने छ ।

त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबिच हुँदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि सुरु हुने छ । 

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, भुटान, मालदिभ्स र बङ्गलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समूह बी मा श्रीलङ्का, मालदिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप