शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
विकास निर्माण

बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका  लागि अध्ययन गर्नै २ महिना लाग्ने

शुक्रबार, ०२ कात्तिक २०८१, ०७ : ४९
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे अन्योल देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार  स्थायी रूपमा निर्माण गर्न कति समय लाग्ने टुङ्गो लागेको छैन । 

मन्त्रालयका सचिव केशव शर्माका अनुसार यो राजमार्ग पुरानै संरचनाको ढाँचामा निर्माण गर्दा फेरि समस्या आउने भएकाले नयाँ तरीकाले निर्माण गरिनु पर्ने देखिएको छ । जसका लागि गहन रूपमा अध्ययन गरी पुनः निर्माण गर्नुपर्ने हुँदा के कति समय लाग्ने विषयमा टुङ्गो नभएको सचिव शर्मा बताउँछन् ।  

‘स्थायी रूपमा कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छौँ । तर पुरानो संरचना जस्तै बनाउन पनि हुँदैन,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण नदीको धार परिवर्तन (रिभर मर्कोलोजी) भएको कारणले जुन अवस्थामा थियो त्यसै अवस्थाको सडक निर्माण गरेर पुग्दैन । यसलाई अलिकति रिजिलिएन्ट गर्नुपर्ने हुन्छ ।’

यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गर्न भौगर्भिक र हाइड्रोलोजिक अध्ययन गरिनुपर्ने शर्मा बताउँछन् । उनका अनुसार यस किसिमको अध्ययन गर्न डेढदेखि दुई महिना लाग्ने देखिएको छ । यो अध्ययन तत्कालै सुरु गर्ने र सुहाउँदो संरचना बनाउने गरी कार्ययोजना बनाइएको छ । अध्ययन गरिसकेपछि मात्रै के कति लागत लाग्छ भन्ने टुङ्गो लाग्नेछ । 

सरकार आफैँ बनाउने कि जापानले ? 

गत २०७२ को भूकम्पमा दुई स्थानमा सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले पुनर्निर्माण गरिदिएको थियो । अहिले पनि सरकारले यो राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारसँग कूटनीतिक पहल थालेको छ ।

बीपी राजमार्ग पुनर्निर्माण नेपाल सरकार आफैँले बनाउने कि जापान सरकारले बनाउने भन्ने विषय अझै अन्योल छ । यो राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा  निर्माण भएको थियो जसको लागत २६ अर्ब येन बराबर थियो । त्यसैले अहिले क्षतिग्रस्त संरचना पुनर्निर्माणको कार्य सरकार आफैँले गर्छ कि जापानले नै सहयोग गर्छ भन्ने विषयमा अन्योल छ । 

गत २०७२ को भूकम्पमा दुई स्थानमा सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले पुनर्निर्माण गरिदिएको थियो । अहिले पनि सरकारले यो राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारसँग कूटनीतिक पहल थालेको छ । मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत् राजमार्ग पुनर्निर्माणमा सघाउन जापान सरकारसँग अनौपचारिक प्रस्ताव गरेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत किकुता युताकासँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानबाट सहयोगको प्रस्ताव राखेका छन् । जवाफमा राजदूत युताकाले उक्त विषयमा आफूले जापान सरकारसँग कुरा राख्नेबारे पनि छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । तर, अझै कसले बनाउने टुङ्गो लागि नसकेको सचिव शर्माको भनाइ छ । 

बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा बिचबिचमा सवारी साधन रोकिएका थिए । तत्कालका लागि रोकिएका सवारी साधन गन्तव्यमा पुर्‍याउन मात्रै सडक मर्मत  थालिएको थियो । केही दिनको मर्मतपछि यो सडकखण्डमा अस्थायी रूपमै सञ्चालनमा ल्याइएको छ ।  

‘जापान सरकारले अनुदानमा बनाएको आयोजना भएकाले शिष्टाचारको कुरा पनि छ । तपाईँहरूले बनाएको सडक यसरी भत्कियो, अब कसरी निर्माण गर्ने भन्ने विषयमा सोध्ने हो । चासो देखाए ठिकै छ, नदेखाए हाम्रो आफ्नै लागतमा निर्माण गर्ने हो,’ सचिव शर्माले भने । 

जापान सरकारले प्राविधिक अथवा आर्थिक सहयोग गर्ला कि भन्ने अपेक्षा रहेको तर सहयोग नगरे नेपाल सरकारकै लगानीमा स्थायी रूपमा सडक निर्माण गरिने उनले बताए । जापानकै आशामा बसेर सडक पुनर्निर्माणमा ढिलाइ गर्दैनौँ’ सचिव शर्माले भने । 

अस्थायी सडक फराकिलो बनाउन अझै १० दिन लाग्ने

असोज दोस्रो साता गरेको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा–कालढुंगा सडक तहसनहस भएको छ । काभ्रेको मम्ती खोला, कालढुंगा, बोक्सीकुना, नार्केपुल, पिनथली बेँसी, डालाबेँसी, भ्याकुरे खोला, चार सय बेँसी, मंगलटार लगायत खण्ड बाढीले बगाएको छ । यो सडक खण्ड १८ किलोमिटरमध्ये करिब झण्डै ८ किलोमिटर सडक पूर्णरुपमा बगेको छ । 

बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा बिचबिचमा सवारी साधन रोकिएका थिए । तत्कालका लागि रोकिएका सवारी साधन गन्तव्यमा पुर्‍याउन मात्रै सडक मर्मत  थालिएको थियो । केही दिनको मर्मतपछि यो सडकखण्डमा अस्थायी रूपमै सञ्चालनमा ल्याइएको छ ।  

यो सडक खण्डमा अहिले अस्थायी डाइभर्सन बनाएर सवारी साधन गत  शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । कतै एकतर्फी छ भने कतै दुवैतर्फी रूपमै सवारी सञ्चालनमा आएको छ । कतिपय स्थानमा भने खोलाबाटै सवारी साधन चलाउनुपर्ने बाध्यता रहेको शर्माले बताए ।

कतै खोला फर्काएर कतै खोलामाथिबाट पनि सानो बाटो बनाएर सञ्चालनमा ल्याएको छ । यो अस्थायी सडकलाई अझै फराकिलो बनाउने कार्य भइरहेको उनी बताउँछन् । 

‘दसैँको भोलिपल्ट पर्सिपल्ट पनि मर्मतको काम गरेका छौँ । अहिले अलिकति सजिलो भइसकेको छ । अझै फराकिलो बनाउन एक हप्ता १० दिनसम्म लाग्न सक्छ,’ सचिव शर्माले भने । तर, फेरि पनि वर्षात भएमा यो सडक खण्ड सञ्चालन गर्न असहज हुने देखिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप