शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

पहिलो टी–२०आई सिरिज : नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

शुक्रबार, ०२ कात्तिक २०८१, ०७ : २४
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ ।  पहिलो टी-२०आई सिरिजमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १६४ रन बनाउन सक्यो ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे।  दीपेन्द्र २८ रनमा आउट भए। अनिल र आसिफ २७–२७ रनको योगदान दिए । 

नेपालले अमेरिकामा घरेलु टोलीसँग ३ टी-२०आई खेल खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप