शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?

शुक्रबार, ०२ कात्तिक २०८१, ०६ : ४०
शुक्रबार, ०२ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक २ गते । शुक्रबार । ईश्वी सन् २०२४ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–प्रतिपदा, २२ घडी १९ पला, दिउसो ३ बजेर २ मिनेट उप्रान्त द्धितीया । 

नक्षत्र–अश्विनी, २४ घडी ५८ पला, बेलुकी ४ बजेर ४ मिनेट उप्रान्त भरुणी । योग–बज्र, ४८ घडी १ पला, रातको १ बजेर २५ मिनेट उप्रान्त सिद्धि । करण–बालव, दिउसो ३ बजेर २ मिनेट उप्रान्त कौलव, रातको १ बजेर ५४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २९ मिनेट । दिनमान २८ घडी ३० पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०६ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ०७ मिनेटदेखि बिहान ७ बजेर ३२ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखि बिहान ८ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
बिहान ०८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर १४ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर १५ मिनेटदेखि दिउसो २ बजेर ३९ मिनेटसम्म उद्धेग बेला ।
दिउसो २ बजेर ४० मिनेटदेखि बेलुकी ४ बजेर ४ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ५ मिनेटदेखि बेलुकी ७ बजेर ४ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर २२ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३० मिनेटदेखि बिहान ५ बजेर १८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय फस्टाएरु जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तरपनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा अन्य दिन भन्दा सुधार गरी अरूभन्दा अगाडी बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिकै सन्द्रर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछ ।  

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साना तिना काममा ध्यान दिँदा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ । व्यापारमा मन्दी आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरीको रमाइलो यात्रा हुने भएपनि खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मीयताको कमी हुनेछ भने एक्लो पनको महसुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । पढाइ लेखाइमा थोरै बढी समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा तपाईंको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त हरूसँग भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा मन जानेछ । शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने स्कुल,कलेज बैक तथा बित्तिय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफूले मन पराएको मानिसबाट उपहार तथा बिलासी बस्तु प्राप्त हुनेछ । व्यापारबाट प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । वंश वृद्धिको योगलाई नकार्न सकिँदैन । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा समय दिन नसोस्दा अरूभन्दा पछि परिनेछ । अरुकै लागी श्रम तथा शक्ति खर्च हुनेछ ।  रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्तसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायमा समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । छोटो दुरीको रमाइलो यात्राको तय  हुनेछ । खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिई तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप