शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल, गुमायो दुई विकेट

शुक्रबार, ०२ कात्तिक २०८१, ०६ : ३१
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । अमेरिकाविरुद्ध पहिलो टी-२०आई सिरिजमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो । नेपालले अमेरिकासँग पहिलो पटक टी-२०आई खेल खेलेको हो । 

जारी खेलमा नेपालले दुई विकेट गुमाइसकेको छ । आशिफ शेख ३ बलमा २ रन र कुशल भुर्तेल १० बलमा सात रनको योगदान दिँदै आउट भएका हुन् । 

नेपालले अमेरिकामा घरेलु टोलीसँग ३ टी-२०आई खेल खेल्नेछ । ओडिआईमा ७ पटक खेलका यी दुई टोली पहिलो पटक टी–२०आईमा भिड्न लागेका हुन् । ७ ओडिआईमा नेपालले ४ खेलमा जित निकाल्दा २ खेल गुमाएको छ । एक खेल भने नतिजाविहीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप