हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'
शुक्रबार, ०२ कात्तिक २०८१, ०३ : १४

काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ ।
अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ ।
राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।
अमेरिकी अधिकारीहरूले युद्धविरामका लागि कतार र सम्बन्धित देशका अधिकारीहरूसँग समेत संवाद गरिरहेका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन्, 'सिनवारको मृत्यु युद्धविरामको अवसर हुनसक्छ । यसलाई यो हिसाबले सदुपयोग गर्ने प्रयास भइरहेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?