पेट किन कराउँछ ?

एजेन्सी । के तपाईले पेट कराएको याद गर्नुभएको छ ? यदि छ भने कुन बेला कस्तो खालको आवाज निकालेर कराइरहेको छ भनेर पनि ख्याल गर्नुभएको होला । तर यसरी पेट किन कराउँछ त ? यो लेखमा हामीले यही विषयमा चर्चा गरेका छौँ ।
धेरै बेरसम्म नखाइ बस्दा हाम्रो पेट विभिन्न आवाज निकालेर कराउँछ । डाक्टरहरुले यसलाई बोरबोरिग्मी (borborygmi)भन्ने गर्छन् । यो शब्द हाम्रो पेट कराउँदा आउने आवाजसँग पनि केही हदसम्म मेल खाने गर्छ ।
हामीलाई थाहा नै छ, हाम्रो पेटले निरन्तर रुपमा हाम्रो खानाहरुलाई पचाउने काम गरिरहेको हुन्छ । हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ । यो कुरा हामीले खाएको खानाको मात्रामा पनि भर गर्छ । धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन ।
खानालाई पचाउनका लागि हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ । खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घश्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन् ।
यस्तो हामीलाई विशेष गरेर भोक लागेको समयमा हुने गरे पनि यसले पेट कराउनमा कुनै पनि भूमिका खेलेको भने हुँदैन । किनभने भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन । भोक लाग्नु भनेको हाम्रो शरीरलाई चाहिने विभिन्न खाले पोषक तत्वहरुको कमी मात्र हुनु हो ।
हाम्रो मस्तिष्कमा भोकलाई नियन्त्रण गर्ने भाग हुन्छ । त्यसले हाम्रो पेट र आन्द्रामा गाडीमा रहेको एक्सिलरेटर र ब्रेकको जस्तो काम गर्छ । हाम्रो शरीरको रगतमा पौष्टिक तत्वको कमी हुनेबित्तिकै त्यहाँबाट पेट र आन्द्रामा विशेष प्रकारको संकेत पुग्छ र हामीलाई भोक लाग्न थाल्छ ।
पेट कराएको बेला हाम्रो पेट र आन्द्रा निकै सक्रिय हुने गर्छन् । यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् । तिनीहरु केवल आफूलाई शान्त पार्न मात्र तत्पर रहेका हुन्छन् ।
तिनीहरुले खानालाई पूर्ण रुपमा नपचाउन पनि सक्छन् । त्यसैले यस्तो बेला जेपायो त्यही खाँदा पेट दुख्ने समस्या पनि उत्पन्न हुन सक्छ । झाडापखाला जस्तो पेटको रोग पनि लाग्न सक्छ । यस्तो बेला स्वस्थ र पौष्टिक खानेकुरा खानु नै उचित हुन्छ ।
कुनै आपतको बेला तपाईंको पेट खाली भएर कराउन थाल्यो र छेउमा खानेकुरा पनि छैन भने त्यस्तो बेला आफू शान्त भई बस्नु नै उचित हुन्छ । किनभने तपाईं जति शान्त भएर बस्नुहुन्छ, त्यति नै ढिलो हाम्रो शरीरले जम्मा गरेर राखेको प्रोटिनलाई पचाउने गर्छ । यसरी केही नखाइकन पनि हामी निश्चित समय बाँच्न सक्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम