शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

राति ढिलोसम्म नसुत्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

बिहीबार, ०१ कात्तिक २०८१, २३ : २३
बिहीबार, ०१ कात्तिक २०८१

एजेन्सी । आजभोलि राति अबेरसम्म डिजिटल डिभाइसहरूमा झुण्डिने र सुत्न ढिला गर्नेहरूको संख्या थपिँदो छ । जसकारण दिनभरिको कामको थकान भएपनि मानिसहरूलाई रातमा निद्रा पर्दैन । 

निद्रा स्वास्थ्यका लागि अत्यावश्यक छ । चिकित्सकहरूका अनुसार मानिसलाई कम्तीमा ८ घण्टाको निद्रा जरूरी हुन्छ ।

त्यसमा पनि १८ देखि २५ वर्ष उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु राम्रो मानिन्छ । तर यो उमेरका मानिसहरु काम सँगसँगै आधुनिक प्रविधिसँग पनि उत्तिकै व्यस्थ रहने भएकाले निद्रा मारिरहेका हुन्छन् । जसले उनीहरुको शरीरमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

शरीरमा भएको बायोलोजिकल घडीले हाम्रो शरीरमा सुत्ने र उठ्ने नियम कायम राख्छ । यदि तपाई रातभर जाग्नुभयो भने यो नियम टुट्छ र स्वस्थ्यमा प्रतिकुल प्रभाव पार्छ । जसले अनेक डरलाग्दा रोगहरू समेत निम्त्याउन सक्छ । 

उच्च रक्तचाप
अनिँदो उच्च रक्तचापको प्रमुख कारण हो । उच्च रक्तचापको कारण अन्य रोगहरु जस्तै मधुमेह, मुटुको रोग, मृगौला विग्रिने र मस्तिष्क घातजस्ता रोगहरु लाग्न सक्छन् । 

तनाव बढाउँछ 
निद्रा नपुग्दा मस्तिष्कले पूरा आराम पाउँदैन । जसले गर्दा मानसिक तनाव बढ्छ । सही समयमा खाना नखानु, शारीरिक व्यायाम नगर्नु, राम्रोसँग नसुत्नु जस्ता कारणले मानसिक तनाव बढाउँछन् । 

यौन जीवन प्रभावित 
रातिसम्म नसुत्ने पुरुषको वीर्यमा शुक्रकिटको मात्रामा कमी आउँछ । र यसको आयु पनि घट्छ । ढिलो सुत्ने र आराम कम गर्दा शरीरमा एन्टीस्पर्म एन्टीबडीको लेबल बढ्छ जुन एक प्रकारको प्रोटिन हो जसले प्रतिरक्षा प्रणालीमा कमी गराउँछ र शुक्रकिटलाई मार्छ ।

मधुमेहको खतरा 
राति धेरैबेर बस्दा शरीरमा हर्मोनको मात्रा बिग्रिन्छ । हर्मोनको गडबढीको कारण विभिन्न प्रकारका रोग लाग्ने खतरा पनि बढ्छ । जसमा मधुमेह प्रमुख मानिन्छ । दैनिक जीवनमा तलमाथि हुँदा पनि निद्रामा कमि आउँछ । निद्रामा आउने समस्यालाई ‘स्लीप ऐपनिया’ भनिन्छ । जुन बढ्दै जान्छ र निद्रामा सास रोकिने समस्या आउँदा मानिसको मृत्यु पनि हुनसक्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा कमी 
रातिसम्म अनिँदो बस्नेहरुको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । र विभिन्न भाइरस, ब्याक्टेरिया र रोगको संक्रमण बढ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप