सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियो
बिहीबार, ०१ कात्तिक २०८१, २२ : ४२

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ । अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए ।
सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो । अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनको भनाइ छ ।
अध्यक्ष डगौँराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ । धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो ।
सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दै आएको थियो । सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न
-
राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव
-
सानोठिमीमा क्रान्तिकारी र नेविसंघको गठबन्धन, क्रान्तिकारीका ठगुन्ना साझा उम्मेदवार
-
मञ्जुश्री ट्रेल रेस चैतमा