बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

रौतहटबाट ६ जना फरार प्रतिवादी पक्राउ

बिहीबार, ०१ कात्तिक २०८१, २० : ५९
बिहीबार, ०१ कात्तिक २०८१

रौतहट  । रौतहटमा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।  अदालतबाट फैसला भई कैद जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा नजिर अन्सारी, सिहदान्त पासवान, रामसागर गिरी, पवनकुमार राउत कुर्मी, अखिलेशकुमार यादव र राजेशकुमार यादव रहेका छन् । उनीहरुलाई दसैंमा घर आएका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपकुमार रायले जानकारी दिए ।

अन्सारीलाई ज्यान मुद्दा, पासवानलाई चोरी मुद्दा, गिरीलाई बालबिबाह मुद्दा , कुर्मी र यादवलाई चोरी मुद्दा जरिवाना र कैद तोकिएको डीएसपी रायले बताए । राजेशकुमार यादवलाई भने लागुऔषध मुद्दामा ५० हजार जरिवाना तोकिएको उनले बताए ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्वान्यनको लागि बिहीवार जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप