बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

बिहीबार, ०१ कात्तिक २०८१, २० : ४६
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् । इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए ।

यसअघि उनले फाइनल यात्रा तय गर्न इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गरेका काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए ।  

प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा बरालसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी चार खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने । 

त्यस्तै पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप