हेटौँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरी

हेटौँडा । हेटौँडामा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरी भएको छ । एक साता अघि उद्योगको करिब १० लाख रुपैयाँ पर्ने तामाको तार चोरी भएको हो ।
उद्योग सञ्चालन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले फूलपातीको एक दिन अघि २२ गते राति २ बजेतिर उद्योग परिसरबाटै तामाको तार चोरी भएको जानकारी दिए । उनले घटनाका बारेमा जानकारी पाएपछि भोलिपल्टै प्रहरीलाई मौखिक रूपमा जानकारी गराएको बताए ।
घटना भएको एक साता बितिसक्दा समेत चोरीमा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । उनले मङ्गलवार पुनः जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको र घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताए ।
अध्यक्ष भण्डारीका अनुसार ढुङ्गा क्रसिङ गर्ने स्थानबाट उद्योगसम्म कङ्क्रिट ओसार्न प्रयोग गरिने तामाको तार चोरी भएको हो । उनले एकसय मिटर जति तार चोरी भएको जानकारी दिए । चोरी भएको तारको मूल्य कति पर्छ भन्ने विषयमा आफूले यकिनका साथ भन्न नसके पनि कम्तीमा ८/१० लाख रुपैयाँ पर्ने उद्योगका प्राविधिकले जानकारी दिएको उनको भनाई छ ।
‘उद्योगको सुरक्षाको लागी बज्र सेक्युरिटी कम्पनीलाई जिम्मेवारी दिइएको छ । सेक्युरिटी कम्पनीको कमजोरीका कारण चोरी भएको हो । हामीले उनीहरुलाई पनि यस विषयमा जानकारी गराइसकेका छौँ । सेक्युरिटी कम्पनीका तर्फबाट छानबिन भइरहेको छ’ उनले भने ।
यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले घटनाको बारेमा आफूहरूलाई बुधवार जानकारी आएको र अनुसन्धान थालेको बताए । उनले घटना राती २ बजेतिर भएको सेक्युरिटी गार्डहरूले बताएको उनको भनाई छ । उद्योग सुरक्षार्थ खटिएका गार्डका अनुसार ७– ८ जनाको समूहमा आएका नचिनेका व्यक्तिहरूले चोरी गरेको प्रवक्ता अर्यालले बताए ।
‘मानिसहरू उद्योग परिसरमा प्रवेश गरेको थाहा पाएपछि होहल्ला गरेर भए पनि मानिसहरू एकजुट गर्नुपर्ने थियो । तर सेक्युरिटीका मानिसहरू चुपचाप बस्नु शङ्कास्पद छ’ उनले भने । प्रहरी प्रवक्ता अर्यालले सेक्युरिटी गार्डलाई पनि घटनाको बारेमा सोधपुछको दायरामा ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय