बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पुबुदु दशानायके राष्ट्रिय टोलीको मेन्टर नियुक्त

बिहीबार, ०१ कात्तिक २०८१, १९ : ४६
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । नेपालका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई सिरिजका लागि राष्ट्रिय टोलीको मेन्टर नियुक्त भएका छन् ।  दशानायके बिहीबार राष्ट्रिय टोलीको मेन्टर नियुक्त भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

हालैमात्र उनी निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक जनकपुर बोल्ट्सको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए ।

५४ वर्षीय दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् । उनको प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।

श्रीलंकामा जन्मिएका दासानायके पछि क्यानडामा बसाई सरेका थिए । उनले श्रीलंकाली राष्ट्रिय टोलीबाट लामो समय क्रिकेट खेलेका थिए । उनले सन् १९९३ को अगस्तमा श्रीलंकाली टोलीबाट दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप