बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
साफमा भारत र पाकिस्तानको भिडन्त, तस्बिरहरू
खेलकुद

साफमा भारत र पाकिस्तानको भिडन्त, तस्बिरहरू

बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन खेल भारत र पाकिस्तानबिच भिडन्त भएको छ ।

 प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

साबिक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । 

भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया