आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कांग्रेसको नगर कमिटी सचिवबाट राजीनामा दिएर रास्वपाको जिल्ला सभापति

बिहीबार, ०१ कात्तिक २०८१, १९ : ०६
बिहीबार, ०१ कात्तिक २०८१

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला कमिटी गठन भएको छ । यातायात व्यवसायी रमेशकुमार सापकोटाको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन भएको हो ।

सभापति बनेका सापकोटा यसअघि नेपाली कांग्रेसका आबद्ध थिए । कांग्रेस वीरेन्द्रनगर नगरपालिकाको सचिव समेत रहेका सापकोटा काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष समेत हुन् ।

उनले बुधवार मात्रै कांग्रेस पार्टी परित्याग गरेका थिए ।  उनले आफूसँगै एक दर्जन कांग्रेस कार्यकर्ताहरूलाई समेत रास्वपाका लगेर गएका छन् ।

रास्वपाको बिहीबार बसेको जिल्ला भेलाले उनै सापकोटालाई सभापति चयन गरेको छ । यस्तै उपसभापतिका जगत बस्नेत, सचिवमा बिनम शाही, सहसचिवमा भूपेन्द्रबहादुर थापा र कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप