बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विपद् व्यवस्थापन समिति बैठक

विपद्‌मा खोज तथा उद्धारका लागि हेलिकप्टरसहितका उपकरण किन्न सिफारिस

बिहीबार, ०१ कात्तिक २०८१, १८ : ५१
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपद्को समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टरसहितका उपकरण चाहिने ठहर गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद्का बेला खोज तथा उद्धार गर्न हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको बैठकपछि  प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि ती सामग्री किन्न प्रधानमन्त्री अध्यक्ष रहेकै प्राधिकरणकै राष्ट्रिय परिषद्लाई सिफारिस गरिएको छ ।

‘विपदमा खोज र उद्धारलाई प्रभावकारी बनाउन थप हेलिकप्टर चाहिएको हामीले महसुस ग¥यौं, अन्य उपकरणको पनि व्यवस्थापन गर्न भोलि बस्ने राष्ट्रिय परिषद्को बैठकलाई सिफारिस गरेका छौँ’, अधिकारीको भनाइ छ । 

प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्को बैठक शुक्रवार बोलाइएको पनि अधिकारीले बताए । यस्तै कार्यकारी बैठकले यो वर्ष मनसुन अवधि (जेठ २८ देखि असोज २६ गतेसम्म) मा विपदबाट मृत्यु भएकाहरूको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी गत वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्प पश्चातको विस्तृति अति आकलन तत्काल अघि बढाइ स्थायी निजी आवास पुनर्निर्माण प्रक्रियाको विस्तृत कार्य योजना तयार गर्न प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप