रूसी आक्रमणमा दश सिरियालीको मृत्यु

बेरूत । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ ।
“इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर“ मा प्रहार गरेको उक्त संस्थाले जनाएको छ । सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।
नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले ‘कामदारहरू भित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए ।
सिरियाका राष्ट्रपति बशर अल–असदसँगको सहकार्य गरिरहेकोरूसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन ।
इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल–कायदा समूहको नियन्त्रण रहेको छ । सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित